Categories समाचार

जस्तो बाधा अवरोध भएपनि अब सडकको काम रोकिदैन : मेयर सिंह

Advertisement

वीरगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अवरोधका कारण रोकिएको वीरगन्जको घण्टाघर क्षेत्रको मुख्य सडकको मर्मत सम्भार र कालोपत्रेको काम पुन शुरु भएको छ ।

जेठ १२ गते शपथ ग्रहण गरेकै दिन नवनिर्वाचित मेयर राजेशमान सिंहले घण्टाघर देखि माइस्थान चोक सम्मको जीर्ण सडक मर्मत सम्भारको काम शुरु गराएका थिए ।तर काम शुरु भएको दुइ दिन नबित्दै वीरगन्जकै एक जना व्याक्तिले उजुरी हालेपछि अख्तियारले काम रोक्न निर्देशन दिदै वीरगन्ज महानगरपालिकाको कार्यालयलाइ पत्र काटेपछि काम रोकिएको थियो ।

Advertisement

तर शुक्रबार राति देखि फेरि उक्त सडकको मर्मत सम्भार र कालोपत्रे गर्ने कार्य शुरु भएको हो ।विभिन्न बाधा अड्चन र अवरोध पन्छ्याएर सडक कालोपत्रेको काम शुरु गरिएको मेयर सिंहले बताए ।सडक विभागसंग पहिले नै अनुमति लिएर काम शुरु गरेपनि अख्तियारले पत्र काटेपछि त्यसको जवाफ पठाएर अहिले फेरि काम शुरु गरिएको सिंहले बताए ।

Advertisement

शुक्रबार राति पुन काम शुरु भएपछि निर्माणस्थलमै पुगेका सिंहले भने ,‘ पहिला पनि सडक विभागसंगै अनुमति लिएर काम शुरु गराएको थिए , तर अख्तियारले पत्र काटेपछि काम रोकियो , अख्तियारलाइ महानगरले जवाफ पठाइ सकेको छ , जे जस्तो बाधा अवरोध भएपनि अब सडकको काम रोकिदैन , कालोपत्रे भएरै छाड्छ ।

सडक विभाग मातहत पर्ने उक्त सडक महानगरपालिकाले मर्मत गर्न नसक्ने भन्दै त्यसै छोडिदिदा आवगमनमा समस्या भएको गुनासो आएपछि जेठ १२ गते शपथग्रहण गरे लगत्तै मेयर सिंह आफै घण्टाघरमा पुगेर सडक मर्मतको काम शुरु गराएका थिए ।
तर काम शुरु भएको दुइ दिन नबित्दै कसैले उजुरी हालेपछि अख्तियारले सडक विभाग मातहतको सडकमा कुन विधी र प्रकृयाले काम गर्न थालेको प्रश्न गर्दै त्यसको जवाफ सहित उपस्थित हुन भन्दै महानगरपालिकालाइ पत्र काटेको थियो ।

त्यसपछि महानगरपालिकाको कार्यालयले सडक विभागको मातहतको सडकमा विभागबाटै लिखित अनुमति लिएर काम शुरु गरिएको व्यवहोराको पत्र लेखेर अख्तियारलाइ जवाफ पठाएको महानगरपालिका श्रोतले जनाएको छ । मेयर सिंहले भने ,‘ जनताको हितका लागि काम गरेका हौ , विपक्षी वा विकासविरोधीहरुले अड्चन र अवरोध गर्न खोजे , तर नगरवासीको हितको काम भएकाले ती सबै अड्चनको सामना गर्दै हामी अगाडि बढेका छौ ।

सडक विभागको क्षेत्रमा पर्ने त्रिभुवन राजपथ सडकखण्ड अन्र्तगत वीरगन्जको मेनरोड मर्मतका लागि गत जेठ ९ गते नै वीरगन्ज महानगरपालिकाको कार्यालयले पत्राचार गरेर अनुमति मागेको थियो । त्यसको तीन दिन पछि नै विभागले लिखित अनुमति दिएको थियो । घण्टाघर देखि माइस्थान चोक सम्म झण्डै साढे दुइ सय मिटर सडक मर्मत र कालोपत्रेका लागि महानगरपालिकाको कार्यालयले जाहुर नामक ठेकेदारलाइ २० लाख रुपैयामा ठेक्का दिएको महानगरपालिका श्रोतले जनाएको छ । मधेसखबर

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *