Categories समाचार

सामाजिक उद्यमशिलता प्रबद्र्धन गर्न नबिल एसएसई कार्यक्रम

Advertisement

वीरगञ्ज । नबिल बैंकले सञ्चालनमा ल्याएको नबिल स्कुल अफ सोशियल इन्टरपे्रनरशिप (नबिल एसएसई) सम्बन्धि पाठ्यक्रम वीरगञ्जमा पनि अध्यापन हुने भएको छ । वीरगञ्ज पब्लिक कलेजसँगको सहकार्यमा यस विषयमा अध्यापन हुने नबिल बैंकले जनाएको छ ।

वीरगञ्जमा शनिबार आयोजित कार्यक्रमकाबीच मेयर राजेशमान सिंहले नबिल बैंकले ल्याएको पाठ्यक्रमको उद्घाटन गरेका छन् ।
युवालाई स्वरोजगार बनाउने वीरगञ्ज महानगरपालिकाको उद्देश्य अनुरुप नै नबिल बैंकले पाठ्यक्रम संचालन गर्नुले वीरगञ्जको विकासमा सहयोग हुने विश्वास व्यक्त गरे । मधेश प्रदेशका ८ जिल्लामध्ये अहिले नबिल बैंकले यो पाठ्यक्रम वीरगञ्जमा मात्रै सुरु गरेको हो ।

Advertisement

कार्यक्रम संचालन गर्दा आवश्यक पर्ने हरेक सहयोग गर्न महानगर तयार रहेको भन्दै सिंहले बेरोजगारीका कारण विदेश पलायन भइरहेका युवालाई देशमै स्वरोजगार बनाउने यस्ता कार्यक्रम संचालन हुनु खुशीको कुरो भएको बताए । सामाजिक उद्यमशिलता प्रबद्र्धन गर्न नबिल बैंकले सुरु गर्न लागेको यो पहिलो ब्याचमा ६१ जनाले आवेदन दिएको भए पनि २५ जना छनोट भएर कार्यक्रममा सहभागि भएको कार्यक्रमका मधेश प्रदेश संयोजक अरविन्द श्रेष्ठले जानकारी दिए । २५ जना सहभागीलाई ४ वटा समूहमा बिभाजन गरी एक वर्ष अध्यापन गराइने छ ।

Advertisement

कार्यक्रम वर्षभरी चल्ने भएकाले १८ वर्ष उमेर पुगेका र उद्यमशिलता प्रबद्र्धन गर्न इच्छुक विद्यार्र्थी एवं उद्यमीले कुनै पनि बेला आएर कार्यक्रममा सहभागि हुनका लागि आवेदन दिन सक्ने उनले जानकारी दिए । यो कार्यक्रमले मुख्यगरी कृषि, शिक्षा, स्वास्थ्य, कला, समुदायको कल्याण, ऊर्जा लगायतका विभिन्न क्षेत्रहरुमा सामाजिक उद्यमशिलता प्रवद्र्धनलाई जोड दिने बैंकका मधेश प्रदेश प्रमुख दीपक श्रेष्ठले बताए ।

छनौटमा परेका सहभागिहरुलाई सामाजिक उद्यमशिलताका विषयमा प्रयोगात्मक र व्यवहारिक प्रशिक्षण दिइने छ । तीन महिनाको प्रशिक्षणपछि सहभागिहरु उद्यमशिल सोच र लगानी योग्य व्यवसायीक योजना तयार गर्न सक्ने हुने छन् । उदघाटन कार्यक्रममा वीरगञ्ज पब्लिक कलेजका निर्देशक डा. दीपक शाक्य, कलेजका प्रधानाध्यापक विनय श्रेष्ठ, नेपाली युवा उद्यमी मञ्चका अध्यक्ष राकेश साहलगायतको उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *