Categories समाचार समाज

लागु औषध सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ।

Advertisement

बिरगंज । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया- २ को आयोजनामा “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत अन्तराष्ट्रिय लागु औषध दिवसको अवसरमा जिल्ला पर्सा बी.म.न.पा. वडा नं.२ छपकैया स्थित रहेको आईडिएल एकेडेमीमा लागु औषध सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रम सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा बीरगंज महा-नगर पालिका वडा समितिको कार्यालय वडा नं. २ का वडा अध्यक्ष महमद रेयाज मिया तेलीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा व.प्र.का.विर्ताका प्रमुख प्र.नि. बिशाल मल्लले आईडल एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुलाई लागु औषध के , यसको सेवनले मानिसलाई कस्तो असर गर्छ, यसको सेवान र कारोवार गर्नेलाई कस्तो कार्वाही हुन्छ भन्ने बारेमा जानकारी गराएका थिए ।

Advertisement

सामुदायिक सेवा केन्द्र छपकैया-२ का संरक्षक श्याम शर्मा , विद्यालयका प्रिन्सिपल बिकाश राई , शौकत अली, समाज सेवी कमल महतो, सामुदायिक सेवा केन्द्र छपकैयाका पदाधिकारि वरिष्ठ उपाध्यक्ष मो. अब्दुल हक , सचिव प्रवीण विक्रम शाह, कोषाध्यक्ष प्रेम कुमारी सिंह, सदस्य अजित कुमार भुजेल, अब्दुल कैश मि‍या तेली, अरुण कुमार गोयल, ऐहसानुल हक (बिट्टू) , मोमिला खातुन, सामुदायिक प्रहरी प्र.स.नि. मुकेश्वजर पंजियार, प्र.स.ह. राज कुमार तामाङ लगायतकाको उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *