Categories समाचार समाज

एलाइड युथ सोसाइटीद्वारा अन्तरकृया कार्यक्रम सम्पन्न

Advertisement

वीरगन्ज । अन्तर्राष्ट्रिय लागु पदार्थ तथा ओसार पसार विरुद्धको दिवसको अवसरमा पर्सामा आइतबार विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

एलाइड युथ सोसाइटी संस्थाद्वारा बि.आइ.एम. कलेजका स्नातक तहका विधार्थीहरुसंग अन्तरकृया कार्यक्रम गरिएको थियो ।

Advertisement

कार्यक्रममा सहभागी विधार्थीहरुलाइ संस्थाका संयोजक ओम कुमार झा, मानव सेवा आश्रमका केन्द्रीय सदस्य देवेश गुप्ता र वडा प्रहरी कार्यलय विर्ताका प्रहरी निरिक्षक विशाल मल्लले लागु औषधका किसिम , यसको प्रयोगबाट हुने हानी , यस विरुद्धका कानूनी कार्वाहीका प्रावधाानका बारेमा जानकारी गराएका थिए ।

Advertisement

संस्थाका आकाश दासको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि बि.पि.सी कलेजका सहायक क्याम्पस प्रमुख अरविन्द श्रेष्ठ रहनुभएको थियो । कार्यक्रम सञ्चालन भने शिक्षा गुप्ताले गर्नुभएको हो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *