Categories समाचार

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

वीरगन्ज । मोबाइल चार्ज गर्ने क्रममा सोमबार करेन्ट लागेर जिल्लामा एक महिलाको मृत्यु भएको छ।

तनहुँको भानु नगरपालिका–९ निवासी ४५ वर्षीय तारा थापाको करेन्ट लागी मृत्यु भएको हो।

Advertisement

मोबाइल चार्ज गर्ने क्रममा प्लगबाट करेन्ट लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

Advertisement

करेन्ट लागेर गम्भीर घाइते भएकी थापाको उपचारका लागि दमौली अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए।

मृतक थापाको शव दमौली अस्पतालमा पोस्टमार्टम पछि परिवारको जिम्मा लगाउने बताइएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *