Categories विदेश समाचार

लण्डनमा बस्दै आएका १ नेपाली एक महिनादेखि बेपत्ता

Advertisement

काठमाडौं । लण्डनको हेजबाट एक नेपाली बेपत्ता भएको त्यहाँको स्थानीय प्रहरीले जनाएको छ । लामो समयदेखि लण्डनमा बस्दै आइरहेका २४ वर्षीय रिदम पोखरेल गत मे २९ देखि बेपत्ता भएको र करिब एक महिना हुन लाग्दा पनि नभेटिएको हिलिन्डन प्रहरीले बताएको छ ।

स्थानीय प्रहरीले सर्वसाधारणलाई उहाँको खोजीका लागि सहयोग गरिदिन आग्रहसहित सूचना सम्प्रेषण गरेको छ । उहाँ पछिल्लो पटक बेलायतको डोबर भन्ने ठाउँमा देखिनुभएको थियो । त्यसैकारण डोबर हेर्ने केन्ट प्रहरी शाखाले पनि छुट्टै सूचना जारी गरी खोजीमा सघाउन भनेको छ ।

Advertisement

उहाँका बारेमा कुनै जानकारी भए रिफरेन्स १०४/२१ जुलाई उल्लेख गरी १०१ मा प्रहरीलाई खबर गर्न भनिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *