Categories शिक्षा समाचार

माउण्ट मकालु विद्यालयद्वारा विधार्थीलाई छात्रवृत, सम्मान पत्र तथा मेडल प्रदान

Advertisement

वीरगञ्ज । वार्षिक परीक्षामा कक्षामा प्रथम, दृतिय र तेस्रो हुने विद्यार्थीलाई वीरगञ्जस्थित माउण्ट मकालु माध्यमिक विद्यालयले सम्मानित गरेको छ ।

विद्यालयमा नर्सरीदेखि कक्षा ८ सम्म अध्यनरत विद्यार्थीमध्ये वार्षिक परीक्षामा प्रथम, दृतिय र तेस्रो हुने विद्यार्थीहरुलाई विद्यालयले सम्मानको रुपमा छात्रवृत, सम्मान पत्र र मेडल प्रदान गरेको हो ।

Advertisement

छात्रवृतिका रुपमा पहिलो हुने विद्यार्थीको २ महिना, दोस्रोको डेढ महिना र तेस्रोलाई एक महिनाको शूल्क मिनाह गरिएको विद्यालयले जनाएको छ । 

Advertisement

परीक्षामा राम्रो अङ्क ल्याएर उतिर्ण हुने विद्यार्थीलाई सम्मान गर्दा अन्य विद्यार्थीहरुमा पनि प्रतिष्पर्धाको भावना आउने र आगामी वर्षमा राम्ररी पढ्ने भएकोले यस्तो गरिएको विद्यालयका प्रधानाध्यापक राहुल श्रीवास्तवले बताए । 

विद्यालयका प्रमुख एवम कार्यक्रमका प्रमुख अतिथि कामेश्वर प्रसाद श्रीवास्तव र गृह लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका प्रबन्ध निर्देशक रवी श्रीवास्तवले विद्यार्थीहरुलाई प्रमाण पत्र र मेडल वितरण गरका थिए । कार्यक्रममा विद्यार्थीका अभिभावक, विद्यालयका शिक्षक र स्थानीयहरुको उपस्थिति रहेको थियो ।

प्रधानाध्यापक श्रीवास्तवले यस शैक्षिक सत्रदेखि त्रैमाशिक परीक्षामा पनि राम्रो अङ्क ल्याउने विद्यार्थीलाई यसैगरी सम्मानित गरिने आफूहरुको योजना रहेको बताए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *