Categories समाचार समाज

सप्ताहव्यापी कार्यक्रमको छैठौँ दिन, वक्तृत्वकला प्रतियोगिता सम्पन्न

Advertisement

वीरगन्ज । सामाजिक संस्था सानो पाईलाद्वारा आयोजित अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा गौतम मावि प्रथम भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत अन्तर्राष्ट्रि लागु पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवसको अवसरमा सानो पाईलाले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमअन्र्तगत आज छैठौँ दिन वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

गौतम माद्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा श्रेया श्रेष्ठ प्रथम, त्रिजुद्ध महाविर प्रसाद रघुबिर राम प्राविधिक माद्यामिक विद्यालयमा कक्षा १० की छात्रा श्रेया राय द्वितिय र गौतम माविकै कक्षा १० का छात्र समिर चौरसिया तृतिय भएका छन् ।

Advertisement

‘स्वास्थ्य तथा मानवीय संकटमा लागु औषधको चुनौती सम्बोधन’ शीर्षकमा आयोजित प्रतियोगितामा वीरगञ्जका ९ वटा विद्यालयबाट १७ जनाले सहभागिता जनाएका थिए । मुनलाईट मावि, अल्पाईन मावि, साउथ जोन मावि, जिएचपी मावि, गौतम मावि, त्रिजुद्ध मावि, मास्कट एकेडेमी, दिल्ली पब्लिक स्कुल (डिपिएस) र माईस्थान विद्यापिठ स्कुलका विद्यार्थीहरुले प्रतियोगितामा भाग लिएका थिए ।

Advertisement

प्रतियोगितामा सिद्धार्थ कलेजकी प्रबन्ध निर्देशीका डा. सुष्मा तिवारी द्विवेदी, कन्या माविकी पूर्व प्रधानाध्यापिका शशिलता गिरी र चिल्ड्रेन व्लर्ड विद्यालयकी पूर्व प्रधानाध्यापिका रेणुका गिरीले निर्णायकको भूमिका निर्वाह गरेका थिए । विजयी भएकाहरुलाई प्रमाण पत्र र ट्रफी प्रदान गरिएको थियो भने सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिएको सानो पाईलाका सेवा तथा कार्यक्रम प्रमुख रौनकराज सर्राफले जानकारी दिए ।

सानो पाईलाद्वारा सञ्चालित सामुदायिक पुर्नस्थापना केन्द्रका कार्यक्रम संयोजक राजकुमार तामाङ्ले लागु औषधमा फसेर अहिले लागु औषधमा फसेकाहरुलाई उपचार गर्दासम्मको अनुभव संक्षिप्तमा सुनाएका थिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *