वीरगन्ज । बारामा शुक्रबार दिउँसो चट्याङ लागेर एक जना किसानको मृत्यु भएको छ । चट्याङले लागेर एक जना बालिका सहित दुइ जना घाइते पनि भएका छन् ।
मृत्यु हुनेमा सुवर्ण गाँउपालिका वडा नम्बर ७ सनफुलवाका २० वर्षिय धिरज प्रसाद यादव रहेका छन् ।
शुक्रबार दिउँसो आफनै खेतमा काम गरिरहेका बेला अचानक खसेको चट्याङले लागेर यादवको घटनास्थलमै मृत्यु भएको हो ।
त्यहि ठाँउमा चट्याङले लागेर सनफुलवाकै २८ वर्षिय नेतालाल पंडित र भरोस यादवकी छोरी ८ वर्षिया कुमारी यादव घाईते भएका छन् ।
घाइते दुवै जनाको स्थानिय मेडिकलमा उपचार गरिएको र दुवै जनाको अवस्था समान्य रहेको,बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक राजेश थापाले जानकारी दिए ।







