Categories समाचार

वन तथा वातावरण मन्त्री यादवलाई गृहजिल्ला वीरगञ्जमा भव्य स्वागत

Advertisement

वीरगञ्ज । वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई शनिबार वीरगञ्जमा भव्य स्वागत गरिएको छ ।

पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका यादव पछिल्लो पटक मन्त्रिपरिषद विस्तार हुँदा गएको सोमबार मन्त्री बनेका हुन् ।

Advertisement

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य समेत रहेका यादव वीरगञ्जमा चर्चित युवा नेताको रुपमा परिचित छन् । गएको २०७४ मा भएको निर्वाचनयता पर्साले संघीय मन्त्री पाउन सकेको थिएन । पछिल्लो पटक परिवर्तन भएको मन्त्रिपरिषद्मा पार्टीले महेन्द्र राय यादवलाई फिर्ता बोलाउँदै वन तथा वातावरण मन्त्रीमा प्रदीप यादवलाई पठाएसँगै पर्साले मन्त्री पाएको हो ।

Advertisement

मन्त्रीकाे सपथ ग्रहण गरेपछि यादव पहिलाे पटक वीरगञ्ज आएका हुन् ।

बिहान काठमाण्डौबाट वीरगञ्ज आएका मन्त्री यादवलाई सिमरा विमानस्थलमा स्वागत गर्न वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह नै पुगेका थिए ।

सिमरा विमानस्थलदेखि वीरगञ्जसम्म मन्त्री यादवलाई भव्य र्यालीसहित स्वागत गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *