श्याम सरार्फ
पर्सा । वीरगन्ज महानगरपालिका वडा २४ मा आयोजित रक्तदान कार्यक्रममा ८१ जना रगत दान गरेका छन् ।
रामगढवा एकता युवा क्लबद्वारा रक्तदान जीवन दान भन्ने नारा सहित आयोजना गरिएको खुला रक्तदान कार्यक्रममा पाँच महिला सहित ८१ जनाले रक्तदान गरेका हुन ।
आज बिहान रामगढवा स्थित काशी विश्वनाथ कलाेनीमा गरिएको कार्यक्रममा प्रमुख अतिथि वीरगन्जका नगर प्रमुख राजेशमान सिंह, विशिष्ट अतिथिमा उप-प्रमुख इमतेयाज आलम , रेडक्रस सोसाइटीका विरेन्द्र राज कणेल, विना जैसवाल, वडा न. २४ का वडा अध्यक्ष विजय पटेल र अतिथिमा पुर्व वडा अध्यक्ष जंगाली पटेल , दशरथ पटेल , लोसपा का नेता सुरेन्द्र पटेल , जसपाका वडा अध्यक्ष प्रत्यासी रामानन्द पटेल , शनि आलम , गायक सुनिल पटेल रहनु भएको कल्बका राहुल पटे ले जानकारी गराए ।

हाल बढदै गइरहेको गर्मीका कारण रगत आपूर्तिमा समस्या भइरहेको जानकारी पाएपछि स्थानीय गाउँबासीको सहयोग र सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरिएको कल्बका अध्यक्ष रोशन पटेलले जानकारी गराए ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नगरप्रमुख सिंहले “आफु सदैव सामाजिक कार्य गर्दै आएको र तपाईहरुको मतले तपाईहरुको सेवा गर्ने स्थानमा पुर्याएकोले विगत झै तपाईहरुको समस्या मेरो समस्या ठानी समाधान गर्न कुनै कसर बाकी नराख्ने बताए ।

त्यस्तै वडा अध्यक्ष पटेलले यस्तो सामाजिक काम गाउँस्तरमा हुनु सराहनीय रहेको बताउनुका साथै आउने दिनमा यस्तो कार्यक्रमलाई निरन्तरता दिन अनुरोध गर्दै आयोजक कमिटीलाई धन्यवाद सहित सामाजिक कार्य गर्न सदैव आफु तैयार रहेको प्रतिबद्धता गर्नुभयो ।
कल्बका अध्यक्ष पटेलको अध्यक्ष्तामा भएको कार्यक्रममा कल्बका सदस्य शिवराज पटेल , शिव कुमार , अनिकेत कुमार , कन्हैया पटेल , अजय मिश्रा , अनिल कुमार चौरसिया , राहुल पटेल , सुनिल पटेल , श्रवण पटेलले सहयोग गर्नुभएको थियो ।
रक्तसञ्चार केन्द्र पर्साका प्राविधिक प्रमुख सौरभ राज पाण्डेको नेतृत्वमा गएको प्राविधिक टोलीको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको सञ्चालन युवा नेता रंजित पटेलले गर्नुभएको थियो ।







