Categories समाचार

मधेसखबर र रातोपाना अनलाइनमा मन्त्री यादव र मेयर सिंहलाइ सम्मान

Advertisement

वीरगन्ज । संघीय सरकारका वन तथा वातावरण मन्त्री प्रदीप यादव र वीरगन्ज महानगरका नगरप्रमुख राजेशमान सिंहलाइ मधेसखबर र रातोपाना अनलाइन पत्रिकाले स्वागत तथा सम्मान गरेको छ ।

वीरगन्ज ८ स्थित अनलाइन पत्रिकाको कार्यालयमा आयोजित कार्यक्रममा नवनियुक्त मन्त्री यादव र मेयर सिंहलाइ स्वागत तथा सम्मानित गरिएको हो ।

Advertisement

मधेसखबरका अध्यक्ष क्रान्ति शाह र रातोपानाका अध्यक्ष श्याम सर्राफले मन्त्री यादव र मेयर सिंहलाइ गम्छा र माला पहिरयाएर मायाको चिन्हो प्रदान गर्दै स्वागत तथा सम्मान गरेका हुन् । त्यस अवसरमा अध्यक्षद्वय शाह र सर्राफले मन्त्री यादव र मेयर सिंहलाइ बधाइ दिदै सफल कार्यकालको शुभकामना समेत दिए ।

Advertisement

मधेसखबरका अध्यक्ष शाहको अध्यक्षतामा भएको कार्यक्रममा रातोपानाका प्रबन्ध निर्देशक अमित अग्रवाल , सम्पादक अन्जु महत्तो , सम्वाददाता रोहित गुप्ता , मधेसखबरकी सम्पादक माधुरी महत्तो , मन्त्री यादवका स्वकीय सचिव निखिल वर्णावाल , मेयर सिंहका राजनीतिक सल्लाहकार उमेशलाल सहनी लगायतको पनि सहभागीता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *