Categories समाचार

नेताहरूका लडाईका कारण लाइसेन्स वितरण समेत नहुने भयो ।

Advertisement

काठमाडाैं । चितवनबाट नै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्ने भएपछि भरतपुर ८का शिव लोहनी निकै खुसी थिए। मोटरसाइकलको लाइसेन्स बनाउन अनलाईन फारम भरेका खनालले भरतपुरबाट नै हुने भएपछि परीक्षा दिन समेत गएनन्। माघ महिनादेखि नै लाइसेन्स वितरण हुने सुनेका २४ वर्षीय खनाल यतिखेर दुःखी छन्।

‘मिडियाबाट माघ महिनादेखि नै चितवनबाट लाइसेन्स वितरण हुन्छ भनेको सुने। यहाँबाट हुने भएपछि बुटवलमा ट्रायलका लागि गएन्,’ नारायणगढतर्फ हिँडेका खनालले पसिना पछ्दै भने, ‘चितवनमा नेताहरूका लडाईका कारण लाइसेन्स वितरण समेत नहुने भयो,’ लाइसेन्सको अनलाइन फोम खुलेपछि बुटवलबाट नै दिने गरि भर्ने तयारी गरेका छन्।

Advertisement

लाइसेन्स वितरण प्रक्रिया विभिन्न कारण पटकपटक सर्दा चितवनबाटै लाइसेन्स लिनेगरी कुरेर बसेका सेवाग्राहीहरू समस्यामा देखिएका छन्। अहिले केही व्यक्तिको स्वार्थका कारण आम सेवाग्राही मर्कामा परेको यातायात व्यवसायी महासंघका उपाध्यक्ष रामप्रसाद सुवेदी बताउँछन्। ‘पटकपटक मन्त्रालयमा चितवनबाट नै लाइसेन्स दिनुपर्छ भनेर। यातायात व्यवस्था कार्यालय ल्याएका हौं,’ उनले भने, ‘अहिले दुईटा ड्राइभिङ सेन्टरको झगडाका कारण जनता आफ्नो अधिकारबाट बन्चित भए।’

Advertisement

अहिले सर्वोच्चमा मुद्दा परेपछि लाइसेन्स वितरण प्रक्रियाको काम रोकिएको छ। चितवन स्कुल ड्राइभिङ सेन्टरले सर्वोच्चमा असार १९ गते मुद्दा हालेपछि सर्वोच्चले असार २२ गते सम्पूर्ण प्रक्रिया स्थगित गर्न आदेश दिएको छ। चितवनमा यही साउन पहिलो हप्तादेखि लाइसेन्स वितरण गर्नेगरी काम अगाडि बढाइएको थियो।

सांकेतिक तस्बिर

यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *