रोहित गुप्ता
वीरगन्ज । आज गुरु पुर्णिामाको अवसरमा सरकारी बिधालयमा एक दाताको सहयोगमा लाउडस्पिकर हस्तान्तरण गरिएको छ । पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका वडा नम्बर २४ मा रहेको एक सरकारी बिधालयमा एक थान डाउडस्पिकर हस्तान्तरण गरिएको छ ।
श्री शारदा माध्यमिक बिधालय बहुवरी सुगौली पर्सा नेपालमा डाउडस्पिकर आवस्यक रहेको जानकारी पाएपछि नेपाल युथ फाउन्डेसनले दातृ निकायबाट सहकार्य गरि बिधालयलाई एक थान लाउडस्पिकर उपलब्ध गराएको हो ।
पछिल्लो हप्ता ग्रिन सिटी सामुदायिक प्रहरी साझेदारी अन्तर्गत गरिएको एक कार्यक्रममा बिधालयका प्रधानाध्यापक दयाकान्त झाले आफ्नो मन्तव्य दिने बेला बालबालिकालाई अतिरिक्त क्रियाकलाप गराउन लाउडस्पिकरको आवश्यकता रहेको बताउनु भएको थियो ।
कार्यक्रममा सहभागी रहेको नेपाल युथ फाउन्डेसनका स्थानीय युवाहरुले वीरगन्जका एक व्यवसायीलाई जानकारी सहित अनुरोध गर्ना साथ वहाँले लाउडस्पिकरको व्यवस्था गराउनुभएको श्याम सरार्फले जानकारी गराउनु भयो ।
लाउडस्पिकर ग्रहण गर्दै बिधालयका प्रधानाध्यापक झाले बिधालय सुधारमा स्थानीयहरुको साथ र सहयोगको आवश्यकता रहेको बताउनुभयो । साथै केहि कक्षाकोठामा पंखा र सेमिनार हलमा फर्निचरको कमी औलाउदै व्यवस्था गरिदिन दातृ निकायसंग अनुरोध गर्नुभयो ।
बिधालय परिसरमा सानो कार्यक्रम गरि गरिए हस्तान्तरण कार्यक्रममा स्थानीय समाजिक अभियन्ता श्याम कुश्वाहा, फाउन्डेसनका अध्यक्ष विकास कुश्वाहा, कमलेश मेहता, बिधालयका सहयोगी हेमराज सहित बिधार्थीहरुको उपस्थित रहेको थियो ।







