Categories समाचार समाज

१४ किलो गाजा सहित तीन महिला पक्राउ

Advertisement

वीरगन्ज । वीरगन्जको सोलकपुरबाट सशस्त्र प्रहरीले लागु पदार्थ गाजा सहित तीन जना महिलालाइ पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पर्साको बहुदरमाइ नगरपालिका वडा नम्बर ८ की ३६ वर्षिाया उस्मा देवी ,४२ वर्षिया आरती देवी र ४० वर्षिया अनन्ती देवी रहेका छन् ।

Advertisement

विशेष सुचनाको आधारमा खटिएको सशस्त्र प्रहरी टोलीलले वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ सोलकपुर स्थित जितपुर रंगपुर सडकखण्डबाट पैदल जादै गरेका ती महिलाहरुलाइ रोकेर चेकजाच गर्दा उनिहरुको साथबाट १४ केजी गाजा बरामद भएको हो ।

Advertisement

उनिहरुको साथबाट नेपाली रुपैया ११ हजार ५ सय, भारतिय रुपैया १ हजार ७१ र दुइ थान मोबाईल पनि बरामद गरिएको पर्साका सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेलले जानकारी दिए ।

गाजा सहित पक्राउ परेका तीनै जना महिलालाइ आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी उपरिक्षक पोखरेलले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *