Categories शिक्षा समाचार

अत्याधिक गर्मीका कारण ६ छात्राहरु कक्षाकोठामै बेहोस भएपछि…

Advertisement

वीरगन्ज । अत्याधिक गर्मीका कारण विधार्थीहरु बेहोश भएपछि पर्साको एक सामुदायिक विधालय एक महिनाका लागि बन्द गरिएको छ ।

पकाहामैनपुर गाँउपालिका वडा नम्बर ३ मा रहेको रामचरित्र भगत माध्यमिक बिधालयमा बिहीबार अत्याधिक गर्मीका कारण ६ जना छात्राहरु कक्षाकोठामै बेहोस भएका थिए । बिधालयको कक्षा ६ ,७ र ८ मा पढ्ने ६ जना छात्राहरु बेहोस भएका थिए ।

Advertisement

अत्याधिक गर्मीका कारण विधार्थीहरु बेहोश भएपछि विधालयमा शुक्रबार देखि एक महिना सम्मका लागि पठन पाठन बन्द गरिएको पप्रधानाध्यापक छाटेलाल साहले जानकारी दिए ।

Advertisement

उनका अनुसार कक्षा कोठामा क्षमता भन्दा बढि बिद्यार्थी संख्या भएको र गर्मी पनि अत्याधिक बढेको कारण बिहीबार ६ जना बिद्यार्थीहरु बेहोस भएका थिए । कक्षा ६ को कक्षा कोठामा पंखा पनि नभएको र अन्य कोठामा पंखा भएपनि कक्षा कोठामा बिद्यार्थीहरुको संख्या अत्याधिक भएकाले बिद्यार्थीहरुलाई समस्या भएको उनले बताए ।

बिहीबार बेहोश भएका छात्राहरुको अवस्था अहिले समान्य रहेको र बिहीबार ३ घण्टी पढाएर बिद्यालय बन्द गरिएको प्रअ साहले बताए ।गर्मीकै कारण वीरगन्ज महानगरका विधालयहरु पनि बुधबार देखि एक हप्ताका लागि बन्द भइसकेको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *