Categories राजनीति समाचार

जसपाकी केन्द्रीय सदस्य यादवद्वारा राजीनामा ।

Advertisement

काठमाडौं । जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्य रेणु कुमारी यादवले पदबाट राजीनामा दिएकी छन् ।

पूर्वमन्त्रीसमेत रहेकी उनले बिहीबार पार्टी अध्यक्षलाई अहिलेको अवस्थामा कुनै पनि पदीय जिम्मेवारीमा बस्न नसक्ने बताउँदै राजीनामा पत्र बुझाएकी हुन् ।

Advertisement

उनले राजीनामा पत्रमा भनेकी छन्, ‘वर्तमान अवस्थामा मेरो व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्ने सक्ने अवस्था नरहेको हुनाले मैले यस जनता समाजवादी पार्टी (जसपा) नेपालसँगको पदीय जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको छु। तसर्थ आजकै मितिदेखि लागु हुने गरी पार्टीले मलाई दिएको पार्टीको सम्पूर्ण पदीय जिम्मेवारीहरू त्याग गरेको व्यहोरा यहाँलाई जानकारी गराउँदछु ।’

Advertisement

पछिल्लो पटक मन्त्री हेरफेर हुँदा पदमै बस्न चाहे पनि सरकारबाट फिर्ता बोलाइएपछि यादव पार्टीसँग रुष्ट थिइन् । साथै, पछिल्लो समय पार्टी पनि दुई भागमा बाँडिएपछि उनले पदबाट राजीनमा दिएकी छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *