Rato Pana
समाचार

बिल बिजक बिनाको भारी मात्रामा कपडा बोकेको ट्रक प्रहरी नियन्त्रणमा

बीरगन्ज । बिभिन्न किसिमका खुद्रा सामानहरू तथा बिल बिजक बिनाको भारी मात्रामा कपडा बोकेको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।

बिशेष सूचनाको अधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले गए राती बीरगन्ज महानगरपालिकाको वडा नं.६ लोहारपट्टी सडकखण्डबाट ना.३ ख ४४१२ नम्बरको मालवाहक ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

ट्रकलाई रोकी चेक जाँच गर्ने क्रममा खुद्रा सामानका अतिरीक्त विल बिजक विनाका विभिन्न किसिमका लत्ताकपडा समेत भेटिएपछि प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएको थियो ।

समान सहित नियन्त्रण्मा लिइएको ट्रकको ४७ लाख ४८ हजार ८ सय ८० रुपैया मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि बिहिवार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

सम्वन्धित समाचार

Leave a Comment