वीरगन्ज । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर १० पर्सा र राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति भरतपुर चितवनको सयुक्त आयोजनामा वृक्षारोपन तथा चौतारा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।
आज बिहान ( शुक्रबार ) भएको कार्यक्रमका प्रमुख अतिथि बन तथा वातावरण मन्त्री प्रदीप यादवको उपस्थिति र सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षयतामा सरकारी तथा गैरसरकारी कार्यालय का प्रतिनिधिहरु, बुद्धिजिवि ,संघ सस्थाहरुको प्रतिनिधि, सेवा केन्द्रका प्रतिनिधिहरुको सहभागितामा बेलुन उडाएर चौतारा उद्घघाटन र वृक्षारोपन कार्यक्रम गरिएको हो ।

वृक्षारोपण कार्यक्रममा आदर्शनगर क्षेत्रभरि म्यागो स्टिक २००थान, गुल्मोर ३० थान, निम २० थान गरि जम्मा २५० थान इ प्रजातीका बिरुवा रोपेर उक्त कार्यक्रम सम्पन्न गरिएको सेवा केन्द्रका अध्यक्ष खेतानले जानकारी गराए ।
उद्घाटन तथा वृक्षारोपण कार्यक्रमको विशिष्ट अतिथि वीरगन्जका मेयर राजेशमान सिंह, उपमेयर ईमतियाज आलम, प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, राष्ट्रपति चुरे तराई मधेश संरक्षण समिति भरतपुर चितवनका प्रमुख रामहरी पन्त, ईन्जिनियर अनिल सिंह रहनु भएको थियो ।
सो कार्यक्रममा भारत महावाणिज्य दुतावास वीरगन्ज पर्साका कानसिलर नितेश कुमार, वडा अध्यक्ष सुशील कुमार कानु, प्रल्हाद कार्की, धुर्व प्रसाद दाहाल, बच्चु राम फ्याल, विशाल मल्ल, डीलीराज सापकोटा, हरी भुषाल, ग्यासुदिन मिया, राम सरार्फ,
मुरली जलान, दिलिप प्रधान, कमल चौलागाई, दिलीप कार्की, महेश धामि, सन्तोष रन्जितकार, नेहाल खान, राजु श्रेष्ठ, शेख अग्रवाल, बिकी कुमार सरार्फ, चन्द्र अग्रवाल, राकेश अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।







