Categories समाचार

श्रोत नखुलेको नगद सहित एक भारतीय पक्राउ

Advertisement

सर्लाही। मलंगवा नगरपालिका-८ गोरखकालीबाट श्रोत नखुलेको नगद ५ लाख ११ हजार ५ सय रुपैयाँ सहित भारत सितामढी थाना कन्हौली ग्राम पंचायत रामनगरा-११ बस्ने ३० वर्षीय बिजय ठाकुरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

बीआर ३० एक्स ५५४४ नम्बरको मोटरसाइकलमा भारतको सोनवर्षाबाट नेपालको मलंगवा बजारतर्फ आउँदै गरेका उनलाई प्रहरीले जाँच गर्ने क्रममा हेलमेटभित्र लुकाई राखेको अवस्थामा उक्त नगद फेला पारी पक्राउ गरेको हो । 

Advertisement

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Advertisement
सांकेतिक तस्बिर
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *