Categories समाचार समाज

५६ वर्षीय महिलालाई सामुहिक जबरजस्ती करणी गरेको आरोपमा २ किशोर पक्राउ

Advertisement

बारा । बारा प्रहरीले ५६ वर्षीय महिलालाई सामुहिक रुपमा जबरजस्ती करणी गरेको आरोपमा २ जना किशोर पक्राउ परेका छन् । बाराको आदर्श कोतवाल गाउँपालिका वडा नम्बर १ स्थित आफ्नै गोठ घरमा सुतिरहेकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय र १७ वर्षीय किशोरलाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको हो ।

सामुहिक रुपमा पालैपालो जबरजस्ती करणी गर्ने २ किशोरलाई अषाढ २६ गते प्रहरीले पक्राउ गरेको हो । उनीहरु नाबालक रहेका कारण प्रहरीले पहिचान खुलाएको छैन ।

Advertisement

पक्राउ परेका दुवैजनालाई बारा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई निगरानी कक्षमा राखेर जबरजस्ती करणी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *