Categories समाचार

नेपाल नागरिकता (पहिलो संशोधन ) विधेयक २०७९ पारित

Advertisement

काठमाडौं  । प्रतिनिधिसभाबाट नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस भन्ने प्रस्ताव स्वीकृत भएको छ । 

शुक्रबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो प्रस्ताव प्रस्तुत गरेका थिए। 

Advertisement

त्यसअघि बिधेयकमाथि विचार गरियोस भन्ने प्रस्तावमाथि भएको छलफलका क्रममा सांसदहरुले कोही पनि नेपाली नागरिक नागरिकता प्राप्त गर्ने अधिकारबाट वञ्चित हुन नहुने र कुनै पनि गैर नेपालीले नागरिकता प्राप्त गर्ने अवस्था ल्याउन नहुनेमा जोड दिएका थिए । 

Advertisement

उनीहरुले नागरिकता विधेयक पारित भएपछि लामो समयदेखि नागरिकता प्राप्त गर्न नसकेका सन्ततिले नागरिकता प्राप्त गर्ने बताएका थिए । 

उनीहरुले नागरिकता सरल ढङ्गबाट प्राप्त गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए । सांसदहरुले राखेका जिज्ञाशाको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाँणले विधेयकमा केहि समस्या देखिए परिमार्जन गर्न सकिने बताए ।

उनले कुनैपनि नेपाली नागरिकहरु नागरिकताबिहीन हुन नपरोस् भन्ने उदेश्यका साथ नै सरकारले नागरिकता विधयेक ल्याएको धारणा राखे।

सदनमा प्रस्तुत गरेको नयाँ विधेयकले अहिले देखिएको नागरिकता समस्यालाई मूलरूपमा सम्बोधन गर्ने र आमाबाबु नेपाली नागरिक हुँदाहुँदै पनि नागरिकता नपाएर सरकारबाट पाउने सेवा सुविधा लिन बञ्चित भएका लाखौँ युवाले नागरिकता पाउने सरकारले जनाएको छ । अन्नपूर्ण पोष्ट

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *