बिरगंज । बिरगंज महानगरका भित्रका सम्पुर्ण विद्यालयहरु साउन २० गतेसम्म बन्द हुने भएका छन् ।
महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अत्यधिक गर्मीका कारण विद्यार्थीहरुमा पर्न जाने प्रतिकूलतालाई मध्यनजर गरी विद्यालय बिदा थप हुने जनाएको छ ।
यसअघि बढ्दो गर्मीका कारण महानगरपालिकाले असार २८ देखि ३१ सम्मका लागि सबै विद्यालयहरुको पठनपाठन बन्द गरेको थियो ।







