Categories धर्म/संस्कृति समाचार

६ धुर निजी जग्गा मन्दिरलाई हस्तान्तरण, विभिन्न संस्थाद्वारा दाता सम्मानित

Advertisement

श्याम सरार्फ

बिरगंज । श्री श्री १०८ श्री सोमेश्वरनाथ महादेव् मन्दिरको नाममा जग्गा हस्तान्तर एवम सम्मान कार्यक्रम सम्पन भएको छ ।

Advertisement

बिरगंज २४ रामगढ़वामा स्थित श्री सोमेश्वर नाथ महादेव मन्दिर बनेको जग्गा आज एक कार्यक्रम बीच जग्गा धनी बिरगंज २४ रामगढ़वा निवासी स्व:गोरख राउत कुर्मिका पुत्र पन्नालाल प्रसाद कुर्मीले ६ धुर लगभग ३५ लाख मूल्य भएको सो जग्गा सोमेश्वरनाथ महादेव मंदिर संरक्षण समितिको नाममा हस्तान्तर गर्नु भएको छ ।

Advertisement

मंदिर संरक्षण समितिका अध्यक्ष पन्नालाल प्रसाद कुर्मीको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि बिरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह, बिशिष्ठ अतिथि बिरगंज वाड न.२४ का बड़ा अध्यक्ष बिजय पटेल, अथितिमा हिन्दू परिषद नेपालका अध्यक्ष सन्तोष पटेल,ने.विश्व हिन्दू महासंघ का केंद्रीय महासचिव अभिषेक तिवारी, विश्व हिंदू परिषद नेपाल पर्सा जिल्लाका उपाध्यक्ष शम्भू महतो थारू,अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी,जसपाका युवा नेता रामानन्द पटेल, निबर्तमान बडा अध्यक्ष दसरथ पटेल,अधिवक्ता बिनोद पटेल ,पत्रकार राजेश मिश्र, पत्रकार राजेन्द्र सिंह,वरिष्ठ सामाजिक अभियंता प्रकाश थारू,हरिहर पुर काफला काँवरिया संघ पर्साका प्रमुख पंडा अजय त्रिपाठी ,रंजीत पटेल,समाजसेवी मदन प्रसाद चौरसिया, पशुपति साह तेली,लक्ष्मण प्रसाद चौरसिया, रामबालक प्रसाद कुर्मी, बैजनाथ प्रसाद चौरसिया, पवन कुमार गुप्ता ,पारश प्रसाद कुर्मी,अवधलाल प्रसाद,लक्ष्मण प्रसाद कुर्मी ,अम्बिका राउत कुर्मी लगायत रामगढ़वाका अगुवा ,बुद्धिजीवि, युवा ब्यक्तिहरु ,रामगढ़वा एकता क्लबका सम्पूर्ण टीमको सहभागिता रहेको स्थानीय कन्हैया पटेलले जानकारी गराउनु भयो ।

मंदिरको नाममा आफ्मो निजी जग्गा दान गर्ने पन्नालाल प्रसाद कुर्मी लाई नागरिक समाज रामगढ़वा तथा मंदिर संरक्षण समितिको तर्फबाट अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मि,हिंन्दू परिषद नेपाल का अध्यक्ष संतोष पटेल,उपाध्यक्ष सीताराम पटेल,कोषाध्यक्ष काजी प्रसाद कुर्मिले टिका, माला, दोसल्ला ओढाई कदर पत्र प्रदान गरी सम्मान गर्नु भएको थियो भने मंदिर निर्माण कार्यमा आर्थिक रुपमा सहयोग गर्नु भएका मदन प्रसाद चौरसिया, पशुपति साह तेली,पवन कुमार गुप्ता,बैजनाथ प्रसाद चौरसिया, लक्षमण प्रसाद चौरसिया,अशोक लाठ, जगरनाथ प्रसाद कुर्मी,जंगाली राउत कुर्मी,बिजय पटेल, रामबालक प्रसाद कुर्मी लगायत लाई संस्थाका अध्य्क्ष पन्नालाल प्रसाद ले कदर पत्र प्रदान गरी सम्मान गर्नु भएको थियो।

कार्यक्रमको संचालन संस्थाका सचिव कन्हैया पटेलले गर्नु भएको थियो भने स्वागत मंतब्य नागरिक समाजका तर्फ बाट सामाजिक अभियंता प्रकाश थारुले गर्नु भएको थियो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *