Categories समाचार स्वास्थ्य

नेपाल इन्जिनियर एशोसिएसनको कार्यक्रममा ३४ जनाद्वारा रक्तदान

Advertisement

वीरगन्ज । वीरगन्जमा शनिबार नेपाल इन्जिनियर एशोसिएसनले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

इन्जिनियर दिवसको उपलक्ष्यमा इन्जिनियर एशोसिएसन वीरगन्ज केन्द्रले आयोजना गरेको रक्तदान कार्यक्रममा ३४ जनाले रगत दान गरेका छन् ।

Advertisement

इन्जिनियर एशोसिएसन वीरगन्ज केन्द्रका अध्यक्ष उमेश कुमार गुप्ताको अध्यक्षता एंव नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाकी उपसभापति मधु राणाको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा इन्जिनियर एशोसिएसन वीरगन्ज केन्द्रका मनोज कुमार दास , पंकज मल्लिक , रेडक्रस पर्साका  राजन श्रीवास्तव
,भोलेन्टियर समुह वीरगन्जका किसन सर्राफ,विक्की सर्राफ लगायतको पनि सहभागीता रहेको थियो ।

Advertisement

रक्तदान कार्यक्रममा रक्त सन्चार केन्द्र वीरगन्जका प्राविधीकहरुको टोलीले प्राविधिक सहयोग गरेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *