पर्सा । पर्सा प्रहरीले भारी मात्रामा प्रतिबन्धीत लागू औषध गाँजा सहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । वीरगन्ज २५ सिर्सियाको बाटो हुँदै भारत तर्फ प्रतिबन्धित लागू औषध गाँजा तस्करी भईरहेको सूचनाको आधारमा प्रहरीले २५० किलो गाँजा सहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत बिहार जिल्ला मोतिहारी थाना सुगौली १९ का साहेब आलम, गुलाब मियाँ र एक जना १७ बर्षिय नाबालक रहेका छन । उनीहरुलाई लागू औषध सकूर मुद्दामा म्याद थप गराई आवश्यक अनुसन्धान गर्ने काम भईरहेको प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता प्रहलाद कार्कीले बताए ।
भारतीय नम्बरको एनएल ०२ जि ३७९१ नम्बरको ट्रकमा लागू औषध गाँजा लुकाई एकिकृत चेकजाँच चौकी
(आईसीपी) भारत तर्फ लैजाने क्रममा प्रहरी निरिक्षक प्रज्वल थपलियाको नेतृत्वमा रहेको प्रहरी टोलीले परवारनीपुर आईसिपी सडकखण्ड अन्तरर्गत सिर्सियाबाट पक्राउ गरेको हो ।
ट्रकको चालक बस्ने क्यावीनमा लुकाईछिपाई राखेको अवस्थामा १० केजीको २५ पोकामा रहेको २५० केजी गाँजा बरामद गरेको हो । गाँजा सहित पक्राउ परेको तीनैजनालाई प्रहरी निरिक्षक थपलियाले आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको थियो ।







