Categories समाचार

मन्त्री प्रदीप यादवको उप स्वकिय सचिवमा वर्णवाल र गुप्ता नियुक्त

Advertisement

वीरगञ्ज ।  वन तथा वातावरण मन्त्री प्रदीप यादवको उप स्वकिय सचिवमा २ जना नियुक्त भएका छन् । यसअघि मन्त्री नहुँदा पनि यादवकै स्वकिय सचिव रहेका निखिल वर्णवाल र घनश्याम बाबु गुप्ता यव स्वकिय सचिव पदमा नियुक्त भएका हुन् ।

अषाढ २० गतेदेखि तलव भत्ता लगायत नियमानुसार सुविधा पाउने गरी मन्त्री यादवको सचिवालयमा वर्णवाल र गुप्ता उपस्वकिय सचिव पदमा नियुक्त गरिएको नियुक्ती पत्रमा उल्लेख छ ।

Advertisement

यादव मन्त्री पदमा बहाल रहाँसम्म उपस्वकिय सचिवद्वय वर्णवाल र गुप्ताले आफ्नो जिम्मेवारी ईमान्दारीपूर्वक निर्वाह गर्ने बिश्वास पनि गरिएको छ ।

Advertisement

उपस्वकिय सचिवमा नियुक्त भएका वर्णवालले यात्रा डेलीसँग कुराकानी गर्दै आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिक्रिया दिएका छन् । यसअघि पनि स्वकिय सचिवको जिम्मेवारी निभाएको बताउँदै उनले मन्त्रीको उप स्वकिय सचिवमा जिम्मेवार थप भएको बताए । 

गुप्ताले पनि नियुक्ती पाएपछि खुशी व्यक्त गर्दै मन्त्री यादवको कार्यकाललाई सफल बनाउन आफुले पनि ईमान्दारीपुर्वक जिम्मेवारी निर्वाह गर्ने प्रतिक्रिया दिएका छन् । 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *