Categories समाचार

आगामी मंसिरमा प्रदेशसभा र प्रतिनिधि सभाको मिति घोषणा हुने

Advertisement

काठमाडौं । सरकारले आगामी ४ मंसिरमा प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नेगरी साउन दोस्रो साता निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ ।

निर्वाचन आयोग एक आयुक्तका अनुसार सरकारले सोहीअनुसार तयारी गर्न आयोगलाई निर्देशन दिइसकेको छ । ‘प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन ४ मंसिरमा एकै दिन गर्नेगरी तयारी गर्न आयोगलाई अनौपचारिक निर्देशन आइसकेको छ, हामी अब तात्दै छौं,’ एक आयुक्तले राजधानीसँग भने ।

Advertisement

सरकारका एक मन्त्रीका अनुसार आगामी साताको सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्न सक्ने सम्भावना छ ।

Advertisement

प्रधानमन्त्री शेरबहादुर देउवाले ज्योतिषीको सल्लाह अनुसार ४ मंसिरमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्नेगरी तयारी गर्न अनौपचारिक सन्देश आयोगलाई पठाइसकेका छन् ।

आयोगले भने यसअघि नै गत २२ असारमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन देशभर एकै दिन एकै चरणमा गर्नेगरी सरकारसमक्ष २ मंसिरको मिति प्रस्ताव गरेको छ ।

यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *