Categories समाचार

युरेनियम कारोबारमा संलग्न भएको आरोपमा दुई छुट्टा–छुट्टै समूहका १५ जना पक्राउ

Advertisement

विराटनगर । मोरङ प्रहरीले युरेनियम कारोबारमा संलग्न भएको आरोपमा दुई छुट्टा–छुट्टै समूहका १५ जनालाई पक्राउ गरेको छ । उनीहरुले युरेनियम भन्दै भारतीय व्यापारीलाई बोलाएको सुराकीका आधारमा पक्राउ गरिएको मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।

दुई ठाँउबाट पक्राउ परेकाहरु मध्ये ८ जनाको समूहबाट १ किलो ८७ ग्राम युरेनियम भनिएको वस्तुसहित पक्राउ गरिएको छ भने ७ जनाको समूहबाट करिब ९ सय ७८ ग्राम युरेनियम भनिएको वस्तु बरामद गरिएको छ ।

Advertisement

युरेनियम भनिएको वस्तु जाँचबुझका लागि नाष्टमा पठाइएको र जाँचबुझ प्रतिवेदन आएपछि उनीहरुलाई आवश्यक कानुनी कारवाही गरिने प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले पत्रकार सम्मेलनमा बताए ।

Advertisement
सांकेतिक तस्बिर
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *