Categories समाचार समाज

१ वर्षीया बालिका अपहरण भारत पुर्‍याएको अभियोगमा २ जना पक्राउ

Advertisement

मोरङ । बुढिगंगा गाउँपालिका-१ बस्ने १ वर्षीया बालिका अपहरण भएको घटनमा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-६ रामपुर चोक बस्ने २७ वर्षीय रविन्द्र कुमार साह र सोही महानगरपालिका- ५ कारखाना टोल बस्ने  २७ वर्षीया अनु साह रहेका छन् । 

Advertisement

घटनाका मुख्य योजनाकार रविन्द्र साह र अनु साहले ती बालिकालाई अपहरण गरी प्र.०१-०२०४६ प ७४१० नम्बरको मोटरसाइकलमा सप्तरीको राजविराज हुँदै कुनौली पुर्‍याई दरभंगा पठाएको, रविन्द्र साहले अनु साहको मोबाइल मार्फत पीडित परिवारलाई फेसबुक लगायत सामाजिक संजालमा बालिका हराएको कुरा पोस्ट गरेको हटाउन तथा अन्य विषयमा समेत धम्की दिएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । 

Advertisement

साथै भारतको विहार दरभंगामा अनु साह बालिकालाई लिएर बस्दै आएकोमा नेपाल भारतको बोर्डर एरियाबाट १ नम्बर प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त टोलीले अपहरित बालिकालाई सकुशल उद्दार गरी अनु साहलाई प्रहरीले पक्राउ गरेको हो । साथै घटनामा संलग्न रविन्द्र साहलाई वुढिगंगा गाउँपालिका-१ स्थित निजले संचालन गरेको श्रीराम ट्रेडर्सबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरूबाट घटनामा प्रयोग भएको मोटरसाइकल, विभिन्न सामान र मोबाइलहरू प्रहरीले बरामद गरेको छ ।

उनीहरू उपर अपहरण तथा शरिर बन्धक मुद्दामा प्रहरीबाट अनुसन्धान भइरहेको छ । 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *