Categories अर्थ समाचार

स्रोत नखुलेको ४१ लाख ५५ हजार रुपैया सहित एक भारतीय पक्राउ

Advertisement

बीरगन्ज । पर्सामा प्रहरीले स्रोत नखुलेको ४१ लाख ५५ हजार रुपैया नगद सहित एक जनालाई पक्राउ गरेको छ । बुधवार बिहान ८ बजेको समयमा बिषेश सूचनाको अधारमा प्रदेश प्रहरी कार्यालय जनकपुर तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बीरगन्ज महानगरपालिका.वडा नं.१६ रजतजयन्ती चोक स्थित सडक खण्डमा भारतको रक्सौलबाट बीरगन्ज तर्फ आउँन गरेको अवस्थामा एक जना भारतीय नागरिकलाई सो नगद सहित पक्राउ गरेको हो ।

बिआर ५ एन ०२३८ नम्बरको हिरो होण्डा ग्लैमर मोटरसाईकमा सवार रहेका भारत विहार, जिल्ला पूर्वी चम्पारण थाना रक्सौल वडा नं.११ बस्ने वर्ष २५ को राकेश कुमारलाई रोकी चेक जाँच गर्दा मोटर साइकलको सिटमुनी तथा ट्याङ्कीमा लुकाई छिपाई राखेको स्रोत नखुलेको नगद भेटिएपछि प्रहरी मोटर साइकल र नगद रहित उनलाई नियन्त्रणमा लिएको थियो ।

Advertisement

पक्राउ परेका कुमारलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पार्सले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *