Categories समाचार

वीरगञ्जको सद्भावना दूतमा पुन: बैद्य नियूक्त

Advertisement

पर्सा । वीरगञ्ज महानगरपालिकाले नेपाल भारत सहयोग मञ्चका राष्ट्रिय अध्यक्ष अशोक बैद्यलाई पुन: सद्भावना दूत नियूक्त गरेको छ ।

महानगरपालिकाका मेयर राजेशमान सिंहले बैद्यलाई बिहिबार वीरगञ्ज महानगरपालिकाको पुन: सद्भावना दूत नियूक्त गरेका हुन् ।

Advertisement

वरिष्ठ उद्योगपतिसमेत रहेका बैद्यलाई महानगरपालिकाको नगरसभाको पहिलो अधिवेशनको निर्णयबाट सद्भावना दूतमा नियूक्त गरिएको थियो । 

Advertisement

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्षसमेत रहेका वैद्यले महानगर क्षेत्र भित्र आर्थिक, सामाजिक र पूर्वाधार विकासको क्षेत्रमा पूर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै भर्खरै सम्पन्न महानगरको नगरसभाको ११ अधिवेशनले उनलाई पुन: सद्भावना दूत नियूक्त गरेको मेयर सिंहका स्वकीय सचिव सत्याराज घिमिरेले जानकारी दिए । 

सद्भावना दूतका रुपमा विद्यले वीरगञ्ज महानगरपालिकाको वृहत्तर विकास, अन्तर्राष्ट्रिय सहयोग, सम्वन्ध विस्तार र लगानि अभिवृद्दि गर्ने कार्यमा उल्लेखनीय भूमिका निर्वाह गर्ने महानगरले विश्वास लिएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *