Categories विचार

पत्रकारिता पेशा भित्रको घुसपैठ रोक्न जरूरी देखिन्छ ।

Advertisement

वीरगन्ज । पत्रकार र पत्रकारिता पेशामाको आडमा हुँदै गरेको घुसपैठलाई रोक्न जरूरी देखिन्छ । यसले पत्रकारिता जगत र पत्रकारिता पेशामा अवश्य नै सुधार ल्याउछ ।

पत्रकारिता पेशामा आबद्ध वा संघर्षरत हुने वा यस पेशामा आफनो कैरियर बनाउन चाहने सबैका लागी शैक्षिक डिग्री निर्धारण अनिवार्य हुनु जरूरी देखिन्छ । जून सुकै व्यक्ति पनि पत्रकारिता पेशामा यति सजिलै तरीका ले कसरी छिर्न सक्छ ? पत्रकार र पत्रकारिता पेशा सम्बन्धी उचित मापदण्ड बनाई जथाभावी अनावश्यक व्यक्तित्वहरुलाई यस पेशामा निषेधित गर्नु जरूरी देखिन्छ जसले पत्रकारिता पेशालाई अविश्वसनीय बनाउन अहम भूमिका खेलेको देखिन्छन ।

Advertisement

हाम्रो देशमा लगभग हरेक पेशाको लागी निश्चित शैक्षिक डिग्री र निर्धारित मापदण्ड बनाइएको छ । शिक्षक हुन शैक्षिक प्रमाण पत्र र शिक्षक को अर्को पनि परीक्षा दिएर छूटै लाइसेन्स चाहिन्छ, वकील हुन निर्धारित डिग्री चाहिन्छ, चिकित्सक, फार्मासिस्ट, चार्टर्ड अकाउंटेंट, बैंक प्रबंधक, नर्स लगायत एउटा मोटरसाइकिल चलाउन समेत निर्धारित डिग्री र लाइसेन्स लिनु पर्ने हुन्छ तर पत्रकार हुन कुनै किसिमको शैक्षिक डिग्री वा लाइसेंस को या कुनै किसिमको मापदण्ड को आवश्यकता पर्दैन । जसले योग्य र डिग्री प्राप्त गरेका पत्रकार हरूको कैरियर उत्पीडनमा परेको देखिन्छ ।
पत्रकारिता एउटा पेशा मात्र होइन । पत्रकारिता समाजको आवाज को माध्यम हो । गरीब असहाय हरूको आवाज हो । सामाजिक साम्प्रदायिक, धार्मिक, प्रान्तीय या राष्ट्रीय समस्या उठानको एउटा विश्वसनीय माध्यम हो ।

Advertisement

खबर एउटा सानो गाउँ टोल को होस या ठुल ठुला शहरको नै किन न होस । पत्रकारिता जगतमा प्रत्येक समाचार वा खबर अत्यन्तै सम्बेदनशील र अहम मानिन्छ । समस्याको उठान गर्ने तथा जनतालाई जागरूक बनाउन र उक्त समस्याको समाधान सम्बंधित निकाय या व्यक्तिबाट गराउन अहम भूमिका पत्रकार र पत्रकारिता पेशा ले खेलको हुन्छ । यस्ता सम्बेदनशील पेशामा आठ कक्षा फेल भएकाहरु कसरी पत्रकार बन्न सक्छन त ? यस्ता अयोग्य घुसपैठ ले नेपालको सन्दर्भमा यस्तो मजबूत जरो बनाई सकेको देखिन्छ जसले योग्य र पेशागत पत्रकारिता लाई आर्यघाट तीर लैजादै गरेको देखिन्छ ।

पत्रपत्रिका, मीडिया हाउस या ऑनलाइन पोर्टल रजिस्ट्रेशन को लागी जसरी एउटा निश्चित डिग्री निर्धारित गरिएको देखिन्छन ठीक त्यस्तै रजिस्टर्ड संस्थामा काम गर्ने कर्मचारी तथा पत्रकारको लागी पनि एउटा निश्चित डिग्रीको अनिवार्यता आवश्यक देखिन्छ । पत्रकारिता को लाइसेन्स त्यही व्यक्तिलाई दिनु पर्ने जसले सम्बंधित डिग्री प्राप्त गरेका छन र निर्धारित मापदण्ड भित्र पर्दछ ।

आठ कक्षा अनुतीर्णले एक पत्रकार ले स्नातक वा स्नातकोत्तर गरेका उच्च पदस्त व्यक्ति संग सवाल जवाफ कसरी गर्न सक्छ ? त्यों पनि अभिव्यक्ति को स्वतंत्रता को नाम मा ? अभिव्यक्ति जब व्यवशायिक रूप लिन्छ भने त्यस्ता व्यशाय र व्यवशायी लाई नियम को परिधि भित्र ल्याई व्यस्थापन गर्न जरूरी देखिन्छ ।

वीरगन्जका अशोक कुश्वाहाले लेख्नुभएको लेख ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *