Categories समाचार

विदेशबाट फर्केका युवाहरुका लागि तालिम संचालन

Advertisement

वीरगंज । वीरगंजमा वैदेशीक रोजगारीबाट फर्केर बसेका व्यक्तीहरुका लागि वेटर वेटरेस तालिम संचालन गरीएको छ । युएनडीपीको आर्थिक सहयोगमा कृएटिभ स्किल्स प्रालिको आयोजनामा वीरगंजको होटेल मकालुमा सुरु भएको तालिममा २० जनाको सहभागीता रहेको छ ।

कृएटिभ स्किल्स प्रालिका कार्यकारी निर्देशक राकेश साहको अध्यक्षता तथा वीरगंज महानगरपालिकाका उपप्रमुख ईम्तियाज आलमको प्रमुख आथित्यतामा आयोजना गरीएको तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अथिती आलमले यस्ता तालिमले विदेशबाट फर्किएर बसेकाहरुको क्षमता तथा सिप विकासमा टेवा पुग्ने बताए । उनले महानगरपालिकाले पनि आगामी दिनमा विदेशबाट फर्किएकाहरुलाई लक्षित गरी विभिन्न सिप मुलक तालिमको व्यवस्थापन गर्ने योजनामा रहेको समेत बताए । त्यस्तै कार्यक्रमका विशिष्ट अथिती एव् एनवाईएफका पुर्व संयोजक अनुप अग्रवालले यस तालिमबाट तालिममा सहभागी भएकाहरुको सिप विकासका लागि मदत पुग्दै आर्थिक अवस्थामा पनि सकारात्मक सुधार आउने बताए ।

Advertisement

उनले यस तालिम पश्चात सहभागीहरुलाई वेटर वेटरेसको जागिरमा समेत व्यवस्थापन गर्न प्रयास गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा युएनडीपी स्किल्सकी सुनिला बानिया र मन्जरी पौडेलले तालिमको उद्देश्य बारे प्रकाश पारेका थिए भने कृएटिभ स्किल्सकी कार्यक्रम संयोजक राधा हमालले स्वागत मन्तव्य राखेकी थिईन् । कार्यक्रमका अध्यक्ष राकेश साहले कृएटिभ स्किल्स प्रालिले विगत १७ वर्षदेखी सिप विकास सम्बन्धि तालिम दिदै आएको भन्दै हजारौ सिप नभएर बेरोजगार बसेका युवाहरु युवती, महिला पुरुषलाई क्षमता अनुसारको सिप विकास तालिम दिएर रोजगारको अवसरमा समेत सहजीकरण गर्दै आएको बताए ।

Advertisement

उनले संस्थाले हालसम्म एक हजार ८ सय जति मानिसहरुलाई सिप मुलक तालिम प्रदान गरेको र त्यसमध्येका अधिकाशंले आफ्नो व्यवसाय वा रोजगारी गरेर बसेको बताए । कार्यक्रममा आरएमएनका का केन्द्रिय सचिव रामकृष्ण घिमिरे , होटेल मकालुका मोहन प्रधान लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमको संचालन कृएटिभ स्किल्सका कार्यक्रम संयोजक हितमान वि.कले गरेका थिए भने कार्यक्रममा सहजीकरण कृएटिभ स्किल्सकी राधा हमालले गरेकी थिईन् भने उक्त तालिम १ महिनासम्म चल्ने हमालले जानकारी दिईन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *