Categories शिक्षा समाचार

युवा नेता सरार्फको पहलमा उपकार सेवाद्वारा श्री शारदा माविमा पंखा हस्तान्तरण ।

Advertisement

पर्सा । वीरगन्ज महानगरपालिका वडा नम्बर २४ को बहुवरीमा रहेको एक विधालयमा विहीबार पंखा हस्तान्तरण गरीएको छ ।

उपकार सेवा नेपाल नामक एक सामाजिक संस्थाले वडा नम्बर २४ बहुवरी मा रहेको श्री शारदा माध्यमिक विधालयमा पंखा विरतण गरेको हो ।

Advertisement

नेपाल युथ फाउन्डेसनले लोसपाका वीरगंज महानगर अध्यक्ष एव् युवा नेता ओम प्रकाश सरार्फलाइ बिधालयमा पंखाको आवश्यकता रहेको जानकारी गराएपछि सरार्फकै पहलमा संस्थाकी अध्यक्ष विधा सरावगीले विधालयका प्रधानाध्यापक दयाकान्त झालाई १० थान पंखा हस्तान्तरण गरेकी हुन् ।

Advertisement

अत्यधिक गर्मीका कारण विद्यार्थीहरुको अध्ययन प्रभावित नहोस् भन्ने उद्देश्यले विधालयलाई अध्ययनमैत्री बनाईदिन भन्दै सरार्फले उपकार सेवा नेपालकी अध्यक्ष विधा सरावगीलाई आग्रह गरेपछि पन्खा उपलब्ध गराएको सरार्फले जानकारी गराए ।

पंखा वितरण कार्यक्रममा संस्थाका सुमन बागेरिया, नेपाल युथ फाउन्डेसनका अध्यक्ष बिकास कुश्वाहा लगायतको उपस्थिती रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *