Categories समाचार

हत्या आरोपमा जेल बसेर छुटेपछि फेरि हत्या !

Advertisement

जनकपुरधाम । महोत्तरीमा हत्या अभियोगमा ७ बर्ष जेल सजाय भोगेर आएका व्यक्ति दुई महिनामै अर्को हत्याको आरोपमा पक्राउ परेका छन् ।

आफ्नै छिमेकीको हत्या गरेको अभियोगमा ७ बर्ष जेल बसेर १५ जेठमा गणतन्त्र दिवसका अवसरमा रिहा भएका पिपरा गाउँपालिका-५ सहोडबाका रामनाथ दास आफ्नै काकाको हत्या अभियोगमा पुनः पक्राउ परेका छन् ।

Advertisement

रिहा भएर आएको २ महिना नबित्दै रामनाथले ५ साउनमा आफ्नै काका ६० बर्षका रामबहादुर दासको हत्या गरेको पाइएको महोत्तरीका प्रहरी प्रवक्ता एवं डीएसपी प्रकाश विष्टले जानकारी दिए ।

Advertisement

उनका अनुसार रामनाथले आँपको बगैंचामा सुतिरहेका आफ्नै काका रामबहादुरमाथि कोदालो प्रहार गरी हत्या गरेका प्रहरीले जनाएको छ ।

रामनाथलाई ५ साउनकै राति पक्राउ गरेको प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । अनलाइन खबर

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *