Categories समाचार

विवाह नगरी बसेका वा निधन भएको वा श्रीमतीले छोडेका पुरुषलाई पनि भत्ता

Advertisement

काठमाडौं । सामाजिक न्याय स्थापना गर्न कतिपय स्थानीय तहले एकल पुरुषलाई पनि सामाजिक सुरक्षाभत्ता प्रदान गर्न थालेका छन् ।

समाजमा एकल महिलाभन्दा एकल पुरुषको जीवन कष्टकर बनेको गुनासो आएपछि कतिपय स्थानीय तहले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता प्रदान गर्न थालेका हुन् ।

Advertisement

विवाह नगरी बसेका वा विवाह गरी श्रीमतीको निधन भएको वा श्रीमतीले घर छोडी गएका एकल पुरुषको जीविकोपार्जनमा राहत प्रदान गर्न स्थानीय तहले मासिक पाँच सयदेखि एक हजार पाँच सय रुपियाँसम्म भत्ता प्रदान गर्दै आएका छन् ।

Advertisement

ललितपुरको बागमती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले समाजमा लैङ्गिक समानता र सामाजिक न्याय स्थापना गर्न पाँच वर्षअघि नै गाउँपालिकाले एकल पुरुषलाई मासिक रूपमा भत्ता प्रदान गर्न थालेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिलो र दोस्रो वर्ष मासिक एक हजार रुपियाँ एकल पुरुषलाई भत्ता प्रदान गर्दै आएकोमा गत वर्षबाट सो रकमलाई बढाएर एक हजार पाँच सय रुपियाँ पु(याइएको छ ।”

उमेर ६० देखि ७० वर्ष भई विवाह नगरी बसेका र श्रीमतीको मृत्यु भई घर परिवारमा आम्दानीको स्रोत नभएका एकल पुरुषलाई भत्ता प्रदान गरिँदै आएको उहाँले बताउनुभयो ।

यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *