Categories शिक्षा समाचार

जुन दिन निजी स्वार्थ पुरा हुन्छ अभिभावक संघ चडकिन्छ : मेयर सिंह (भिडियो सहित)

Advertisement

अमित अग्रवाल

वीरगन्ज । राष्ट्रिय निजि तथा आवासीय विधालय एसाेसिएसन नेपाल पर्साकाे प्रथम महानगर अधिवेशन उदघाटन सत्र सम्पन्न भएकाे छ ।

Advertisement

नेसनल प्यापसनका अध्यक्ष राम श्रेष्ठको अध्यक्षतामा वीरगन्जको भिष्वा हाेटलमा भएकाे राष्ट्रिय निजि तथा आवासीय विधालय एसाेसिएसन नेपाल पर्साकाे प्रथम महानगर अधिवेशनकाे उद्धघाटन सत्र वीरगन्ज महानगरपालिका मेयर राजेशमान सिंहकाे प्रमुख आतिथ्यमा सम्पन्न भएकाे हाे ।

Advertisement

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि वीरगन्ज महानगरका मेयर सिंहले कुनै समस्या पर्दा आफुसंग कुरा गर्न एजेन्ट लिएर आउनुपर्दैन सिधै आउन सकिने बताउनु भयो । पुर्व वक्ताहरूले गरेको गुनासोको जवाफ दिदै भने ” निजी स्वार्थ पुरा गर्न अभिभावक संघ गठन गरिएको जस्तो देखियो जुन दिन स्वार्थ पुरा हुन्छ अभिभावक संघ चडकिने भन्दै साच्चिकै अभिभावकको लागि हो भने २/४ जनाको पहुँचबाहेक सबै बिधालयमा अभिभावक संघ किन गठन हुनसकेन भनी प्रश्न गर्नुभयो ।

शिक्षामा साच्चिकै सुधार ल्याउन इक्छुक भए तपाईहरुकै प्यापसन, अनप्यापसन बिचमा रहेको बिचौलियाको पहिचान गर्न पनि सुझाव दिए । मन्तव्यको अन्तमा राज्यलाई कर तिर्ने र महानगरलाई नतिर्ने जस्ता दोह्रो चरित्र बन्द गरि वीरगन्जको शिक्षालाई गुणस्तरीय बनाउन सहयोग गर्न अनुरोध गर्नुभयो ।

साे कार्यक्रममा नेसनल प्यापसन संस्थापक एंव पुर्व बरिस्ठ उपाध्यक्ष राम बिनय चाैरसिया, अभिभावक संघ पर्साका अध्यक्ष अमर गाैतम, नेसनल प्याबसन मधेश प्रदेशका पुर्व सचिव नन्द यादव, नेसनल प्याबसन पर्साका सल्लाहकार दिपक तुल्सयान, वीरगन्ज युवा समाजका कमल चौलागाई लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमको उद्घाटन पानसमा बत्ती बालेर गरिएको भियो भने । स्वागत मन्तव्य नन्दन यादवले दिनुभएको थियो ।

https://www.facebook.com/545821429675494/posts/pfbid0hWe7VZcMcbdUTTF4cLGsZe8sxUVGbFQi7q7gKxUCG5gpnosAg9ndQZoWNtBG2pDJl/?app=fbl

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *