Categories Uncategorized समाचार

मेयर सिंहद्वारा जन सेवालाई प्रमुख स्थान दिएर काम गर्न निर्देशन

Advertisement

पर्सा । वीरगंज महानगरपालिकाले वडा बाट प्रदान गरीने सेवालाई डिजिटल बनाउनका लागि ५ दिने अनलाइन सफ्टवेयर तालिम आज समापन गरेको छ ।

महानगरको १ देखि ३२ वार्डमा खटिने कम्प्युटर अपरेटरको लागि आयोजना गरिएको तालिमको समापन गरिएको हो । तालिमका सहभागिहरुलाई एकिकृत सम्पत्ती कर, राजश्व, घटना दर्ता दस्तुर र अन्य सिफारीस दस्तुरको शुल्क वडाबाटै डिजिटल रुपमा काट्न सिकाईएको छ ।

Advertisement

उक्त कार्यक्रमको वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले समापन गर्नुभएको छ । समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सिंहले जन सेवालाई प्रमुख स्थान दिएर काम गर्न निर्देशन दिनुभएको छ ।

Advertisement

विगतमा सय÷दुई सयको राजश्व तिर्न त्यो भन्दा बढि पैसा र समय खर्चेर महानगरको कार्यालयमा धाउनुपर्ने समस्याको समाधानका लागि वडाबाटै सवै सेवा दिने उदेश्यले प्रविधिमैत्री वडा बनाउन लागिएकोले सोहि अनुसारको सेवा दिन निर्र्देशन दिनुभएको हो । तालिमका सहभागिहरुलाई प्रमुख सिंहले प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *