Categories समाचार

‘ताल संरक्षणलाई उच्च प्राथमिकतामा राखेको छु’ : मन्त्री यादव

Advertisement

काठमाडौँ । सङ्घीय सरकारका वन तथा वातावरण मन्त्री प्रदीप यादवले ताल, तलैया कुण्ड, नदी र खोला संरक्षणको लागि आफूले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।

सोमबार ताल संरक्षण समिमतीले आयोजना गरेको ब्रिफीङ्गलाई सम्बोधन गर्दै वन मन्त्री यादवले ताल, तलैया, कुण्ड, नदी र खोला पर्यटन र वातावरणका दुवैका लागि महत्वपूर्ण भएको हुँदा यसको संरक्षणलाई आफूले उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

Advertisement

भूमिगत वाटर रिचार्ज गर्नेदेखि विभिन्न मानव र वन्यजन्तुको लागि पानीको प्रमुख स्रोत भएको हुँदा यसको संरक्षणमा अझै प्रभावकारी तरिकाले लाग्नुपर्ने उहाँको भनाई थियो । उहाँले ताल संरक्षण समितिले गरिरहेको कामको प्रशंसा गर्दै आगामी समितिको गतिविधिलाई बढाउन मन्त्रालयले थप बजेटको व्यवस्थापन गर्ने आश्वासन पनि दिनुभयो ।

Advertisement

‘सिमितिसँग थोरै बजेट रहेछ, राम्रो काम गर्ने यती पैसाले पुग्दैन । अर्थ मन्त्रालयसँग आवश्यक समन्वय गरेर समितिको लागि थप बजेटको व्यवस्थापन गर्ने म यहाँहरुलाई विश्वाव दिलाउन चाहन्छु । प्रधामन्त्रीसँग लडेर भएपनि म यहाँहरुको समितिका लागि बजेट ल्याउँछु ।’

मन्त्री यादवले मात्रात्मक भन्दा पनि गुणात्मक कामलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । ‘सिमित स्रोत, बजेट र जनशक्तिबाट हामीले बढी ताल संरक्षणको लक्ष्य लिनुभन्दा आफ्नो क्षमता बुझेर कम काम गर्ने तर गुणात्मक काम गर्ने लक्ष्य लिनुपर्दछ,’ मन्त्री यादवले भन्नुभयो, ‘यसरी काम गर्दा हामी आफ्नो लक्ष्य सहजै हासिल गर्छौं ।’

समितिले हालसम्म नेपालका १० वटा ताललाई रामसारा साइटमा सूचिकृत गराएको छ भने अझै केही पोखरीहरु उक्त साइटमा सूचिकृत गराउने गृहकार्य भइरहेको सिमितिकी कार्यकारी निर्देशक सिता शाहीले जानकारी दिनुभयो । शाहीले नेपालमा ५ हजार ३ सय ५८ वटा ताल रहेको समेत जानकारी दिनुभयो ।

समितिका अध्यक्ष धुर्व उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेम नारायण कँडेलको पनि उपस्थिति रहेको मन्त्री यादवका स्वकीय सचिव निखिल बरनवालले बताउनुभयो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *