Categories समाचार

नेपाल प्रहरी श्रीमति संघद्वारा पशुपतिनाथमा सेवा कार्यलाइ निरन्तरता ।

वीरगन्ज । नेपाल प्रहरी श्रीमती संघद्वारा श्री पशुपतिनाथ भगवानको मन्दिरमा पानी बितरण कार्य गरि श्रद्धालुहरुको तिर्खा मेटाउने कार्य गरिएको छ । पानी बितरण कार्य नेपाल प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहकि श्रीमती एवं संघकी अध्यक्ष कुशुमलता शाहीको नेतृत्वमा भएको हो ।

बिहान ८ बजे देखि पशुपतीनाथ मन्दिर परिसरमा संचालित पानी बितरण कार्यक्रममा ५५ जार पानी बितरण गरिएको अध्यक्ष शाहिले जानकारी दिनु । यस कार्य भन्दा अगाडि हामिले बालबालिकाहरुलाइ स्कोलरसिप, सिपमुलक तालिम, स्वास्थ परिक्षण शिविर, आखा जाच शिविर, दात जाँच शिविर लगायत विभिन्न सेवा मुलक कार्यहरु गर्दै आएको साथै आउने दिनमा पशुपति मन्दिर परिसरमै रक्तदान कार्यक्रम समेतको आयोजना गरिने अध्यक्ष कुशुमलता शाहीले बताउनु भयो ।

Advertisement

देसका जनताहरुको सुस्वास्थ्यको लागि आउने दिनमा रक्तदान कार्यक्रमको आयोजना गरिने शाहिले थप्दै रक्तदान भन्दा ठुलो कुनै दान नरहेको एवं प्रत्येक ३/३ महिमानामा सुरक्षित रक्तदान गर्न सकिन्छ भन्ने समेत हामी सबै महिलाहरुले जानी राख्नु पर्ने कुरामा जोड दिनु भयो ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *