Categories समाचार

नेपाली नक्कली नोट सहित वीरगञ्जबाट एकजना पक्राउ

Advertisement

वीरगञ्ज । नेपाली नक्कली नोट सहित एक जनालाई वीरगञ्जबाट प्रहरीले पक्राउ गरेको छ । वीरगञ्जको श्रीपुर टोलबाट प्रहरीले रौतहटको परोहा नगरपालिका ३ बस्ने ३२ वर्षका बिटु दुवेलाई नक्कली नेपाली नोटसहित पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय श्रीपुरबाट खटेको टोलीले चेकजाँचका क्रममा दुवेको साथबाट नेपाली १ हजार दरको ६ थान नक्कली नोट फेला पारेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक डिल्लिराज सापकोटाले जानकारी दिए ।

Advertisement

भारतीय नक्कली नोट पटक पटक बरामद हुने गरेको थियो । अहिले भने नेपाली नक्कली नोट सहित एक जनालाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।

Advertisement

नेपाली नक्कली नोट ६ थान मात्रै बरामद हुनुले बजारमा नेपाली एक हजार दरका नक्कली नोट छरिएको हुनसक्ने आंकलन गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *