Categories समाचार

वीरगञ्ज : एटीएम मेसिन फोडिरहेको अवस्थामा २ जना पक्राउ

Advertisement

वीरगञ्ज । वीरगञ्जको लिंक रोडमा रहेको माछापुच्छ्रे र एनआईसी एसिया बैंकको एटीएम मेसिन फोडेर पैसा चाेरी गर्न लागेकाे अवस्थामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पैसा चोर्ने उद्धेश्यले आइतबार राती करिब ११ बजेतिर एटीएम मेसिन फोडिरहेको अवस्थामा २ जनालाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक डिल्लिराज सापकोटाले जानकारी दिए ।

Advertisement

पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका ५ का २५ वर्षीय अजय चौधरी र कलैया उपमहानगरपालिकाका २७ वर्षीय राजकपुर चौधरी रहेको पनि उनले जानकारी दिए ।

Advertisement

पक्राउ परेका दुवैलाई जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाउनुका साथै चोरी सम्बन्धी कसूरमा मुद्धा चलाइएको प्रहरीले जनाएको छ ।

केही दिन अघि काठमाण्डाैमा पनि एटीएम मेसिन फाेडेर पैसा चाेरी गर्ने प्रयास गरेका २ जनालाई प्रहरीले पक्राउ गरेकाे थियाे ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *