Categories समाचार

टिकटक बनाउने क्रममा तालमा खस्दा बेपत्ता

Advertisement

सल्यान । सल्यानको बन्गाड कुपिण्डे नगरपालिका ८ मा रहेको मिनी राराको रुपमा चिनिने कुपिण्डेतालमा डुबेर एक जना बेपत्ता भएका छन् ।

टिकटक बनाउने क्रममा ढुंगाबाट चिप्लिएर खस्दा कपुरकोट गाउँपालिका ६ सिनबाङ घर भई हाल तुलसिपुर उपमहानगरपालिका ६ बस्ने ३६ वर्षीय बेदबहादुर बस्नेत बेपत्ता भएका हुन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बस्नेत मंगलबार वैदेशिक रोजगारीको शिलशिलामा दुबईमा चिनजान भएका धादिङको खानीगाउँ गाउँपालिका ३ घर भएका ३२ वर्षीय मुलबहादुर तामाङलाई लिएर कुपिण्डे ताल घुम्न आएका थिए ।

Advertisement

जिल्ला प्रहरी कार्यालय र बाबियाचौर प्रहरी पोष्टबाट खटिएका नौ जनाको प्रहरी टोलीले बेपत्ता भएका युवाको अहिले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।

चारैतर्फ खुला रहेको कुपिण्डे ताल छेउमा उद्धार टोलीसमेत नभएकाले बिगतमा पनि केहीको पौडी खेल्ने क्रममा त केहीको नुहाउने क्रममा डुबेर मृत्यु भएको छ । ई कान्तिपुर

सांकेतिक तस्बिर
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *