काठमाडौं । रोटर्याक्ट क्लब अफ पशुपति-काठमाडौंले, रोटरी क्लब अफ पशुपति-काठमाडौं र जोसफ हाई स्कुल काठमाडौंको समन्वय र सहयोगमा पहिलो चरणको तालिम आयोजना भएको छ ।
मुख्यतया महिनावारी स्वच्छता र सरसफाईमा केन्द्रित रहेको तालीम जसमा प्रजनन स्वास्थ्यमा केन्द्रित एक व्यापक स्पेक्ट्रम विषय कभर गरिएको थियो जहाँ १२० भन्दा बढी विद्यार्थीहरूले लाभ उठाएका थिए।
यसका लागि क्लबको तर्फबाट जोसफ हाई स्कूलका संस्थापक र प्रिन्सिपलआरटीएन सूर्य बहादुर अधिकारीलाई सम्मान गरिएको थियो ।
कल्बले सेनेटरी प्याड सहयोगगरेकोमा रोटरी क्लब परिवारलाई धन्यवाद दिदै कार्यक्रममा रोटेरियन शालिक अधिकारी, संजना भण्डारी, ग्रीष्मा अधिकारी यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबै प्रति आभार व्यक्त गरेको छ । तालीम भने क्लबकी अध्यक्ष प्रमिला कार्की दिएकी थिइन्।







