Categories शिक्षा हाइलाइट-समाचार

बिरगंज महानगरका सामुदायिक तथा निजी बिधालयहरू १३ गते बाट खुल्ने

Advertisement

अमित अग्रवाल

बिरगंज । बिरगंज महानगर भित्रका सम्पुर्ण विद्यालयहरु साउन २० गतेसम्म बन्द गर्न भनिएपनी साउन १३ गते बाट बिधालय सञ्चालन हुने बताइएको छ।

Advertisement

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले एक विज्ञप्ति जारी गर्दै अत्यधिक गर्मीका कारण विद्यार्थीहरुमा पर्न जाने प्रतिकूलतालाई मध्यनजर गरी विद्यालय बिदा थप हुने जनाएको थियो तर क्रमश मौसममा सुधार भइरहेको भन्दै यही १३ गते बाट पठनपाठन सञ्चालन हुने शिक्षा महा शाखाका प्रमुख अरबिन्द लाल कर्णले रातोपानासंगको फोन सम्पर्कमा जानकारी दिनुभयाे

Advertisement

यसअघि बढ्दो गर्मीका कारण महानगरपालिकाले असार २८ देखि ३१ सम्मका लागि सबै विद्यालयहरुको पठनपाठन बन्द गरेको थियो ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *