Categories समाचार समाज

फोर जि आर संस्थाद्वारा रु ५ मै खाना

Advertisement

श्याम सरार्फ

वीरगन्ज । दाताहरूको शहर भनेर चिनिने वीरगन्जमा नँया अभियान शुरु भएको छ । वीरगन्जमा बेलाबखत आवश्यकता अनुसार सेवा सञ्चालन गर्दै आएको एक संस्थाले सम्मान जनक भावले रू ५ मै खाना खुवाउने अभियान शुरु गरेको छ ।

Advertisement

फोर जि आर नामक संस्थाले “घरको खाना सबैको चाहना” भन्ने नारा सहित हरेक शुक्रबार रु ५ मै खाना खुवाउने अभियानको शुभारम्भ आज घंटाघरको छेउमा रहेको पार्क अगाडि स्टल राखेर गरेको हो ।

Advertisement

पछिल्लो समय फरक फरक शैलीमा सामाजिक कार्य गरि छुट्टै पहिचान बनाएको फोर जि आर संस्थाले कसैको सम्मानमा ठेस नपुर्‍याइ भोक मार्ने उदेश्य सहित अहिलेका लागी हरेक शुक्रबार साताव्यापी कार्यक्रम अनुसार अगाडि बढ्ने निधो गरिएको संस्था कि अध्यक्ष नुतुन सरावगीले बताउनुभयो ।

आजमात्र शुरु गरिएको कार्यक्रमबारे बजारको अवस्था जानकारी लिने उदेश्यले तैयार गरिएको ३८ वटा खानाको डब्बा २० मिनेटमै सकिएको थियो । स्थानीय व्यापारी, विधार्थी, रिक्साचालक लगायतकाले खाना किनेको संस्थाका सदस्य अनिशकान्त कुश्वाहाले जानकारी गराए ।

संस्थाकि अध्यक्ष सरावगीको अध्यक्षतामा भएको कार्यक्रममा अफसाना खान, दिप्ती, नैन्सी अग्रवाल , अनिशकान्त कुश्वाहा लगायतको उपस्थित रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *