Categories समाचार

वडा प्रहरी कार्यालय विर्ताद्वारा २ हजार लिटर अबैध घरेलु मदिरा नष्ट

वीरगञ्ज । वडा प्रहरी कार्यालय विर्ताले दुई हजार लिटर अबैध घरेलु मदिरा नष्ट गरेको छ ।

वीरगञ्ज १६ इनर्वाबाट छिमेकी भारतीय बजार रक्सौल लैजान लागेको अवस्थामा प्रहरीले बिहीबार साँझ बरामद गरेको उक्त परिमाणको मदिरा शुक्रबार नष्ट गरेको हो ।

Advertisement

भारततर्फ अबैध घरेलु मदिरा लैजादै छ भन्ने सुराकीको आधारमा पुगेको टोलीले सो परिमाणको मदिरा बरामद गरेको थियो ।

Advertisement

इनर्वा गाउँको खेतको गोरेटो बाटोहुँदै टाउकामा राखेर लगिरहेको अवस्थामा प्रहरी देखेपछि मदिरा छाडेरा भरियाहरु फरार भएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विकाश मल्लले जानकारी दिए ।

बरामद मदिरा राजश्वका प्रतिनिधि, संचारकर्मीको रोहबरमा नष्ट गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *