Categories समाचार समाज स्वास्थ्य

वडावासीलाइ निशुल्क रगत उपलब्ध गराउने वडाध्यक्षको सराहनीय निर्णय

Advertisement

पर्सा । वीरगन्ज महानगरपालिकाका वडा नम्बर १० का स्थानीयले वीरगन्ज स्थित नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार केन्द्रबाट अब निशुल्क रगत पाउने भएका छन् ।

वडा नम्बर १० को वडा समितिको कार्यालय र रेडक्रस सोसाइटी पर्सा शाखा बिच वडा नम्बर १० का वडावासीलाइ निशुल्क रगत उपलब्ध गराउने विषयमा शनिबार सम्झौता  भएको हो ।

Advertisement

सम्झौता भएसंगै निशुल्क रगतका लागि वडा अध्यक्ष सुशील साह कानुले रेडक्रस सोसाइटी पर्साका मन्त्री शैलेन्द्र चौरसियालाइ शनिबार नै १ लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।

Advertisement

 वडा अध्यक्ष कानुले अब वडाका कोहि पनि वासीन्दा बिरामी भएर रगतको आवश्यकता परे वडा कार्यालयबाट सिफारिस पत्र लिएर रक्तसञ्चार केन्द्रमा गए निशुल्क रगत पाउने बताए । उनले आफनो वडाका कोहि पनि जनता  पैसाको अभावमा स्वास्थ्य सेवाबाट बन्चित नहोउन्   भन्ने आफ्नो उद्देश्य रहेको बताए।

सम्झौता पत्र एंव चेक हस्तान्तरण कार्यक्रममा वडा नंबर १० का वडा सदस्यहरू, रेडक्रस सोसाइटी पर्साका राजन श्रीवास्तव, जसपाका नेता मुकेश द्विवेदी, स्थानीय शम्भु साह कानु, राजेश सिंह लगायतको पनि सहभागीता रहेको थियो।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *