Categories समाचार स्वास्थ्य

सिअहेब अधिकृत छैठौं भन्दा जनस्वास्थ्य निरीक्षक वरिष्ठता क्रममा माथि रहने

Advertisement

काठमाडौं- स्वास्थ्य सेवा अन्तर्गत छैठौं तहमा रहेका सिअहेब र जनस्वास्थ्य निरीक्षकबीच विगत लामो समयदेखि वरिष्ठताका विषयमा विवाद हुँदै आइरहेको छ। उनीहरुबीच स्वास्थ्य संस्थामा को प्रमुख हुने भन्ने विषयमा समेत वरिष्ठताकै विवादका कारण मनमुटाव समेत हुँदै आइरहेको देखिन्छ।

यही विवादकाबीच सर्वोच्च अदालतले हालै गरेको फैसलाले छैठौं तहमा रहेका सिअहेब र छैठौं तहमा रहेका जनस्वास्थ्य निरीक्षकबीचको विवाद अन्त्य हुने भएको छ। फैसला अनुसार सिअहेब अधिकृत छैठौं भन्दा जनस्वास्थ्य निरीक्षक वरिष्ठता क्रममा माथि रहनेछन्। 

Advertisement

सर्वोच्चले स्वास्थ्य सेवा नियमावली २०५५ को अनुसूची ३ मा हेल्थ इन्सपेक्सन समूहमा जनस्वास्थ्य निरीक्षक छैठौं तह जेष्ठता क्रममा क्रमसंख्या २३ मा र सिअहेब अधिकृत छैठौं क्रमसंख्या २४ मा रहेको विवरणसहित दुवै तहका जनशक्तिको शैक्षिक योग्यता, आधार पद, सम्पादन गर्नु पर्ने कार्य, जेष्ठताको मर्यादा लगायतका कुराहरु उल्लेख गर्दै हेल्थ इन्सपेक्सन समूहका जनस्वास्थ्य निरीक्षक नै माथि रहने फैसला गरेको हो।

Advertisement

न्यायाधिशद्वय टंकबहादुर मोक्तान र हरिप्रसाद फुयालको संयुक्त इजलासले हेल्थ इन्सपेक्सन समूहको अधिकृत छैठौं तहमा समायोजन पदास्थपन भई कार्यरत दीपेन्द्रप्रसाद साहको पक्षमा फैसला गरेको हो। साहले हेल्थ असिस्टेन्ट पाँचै तहको दरबन्दीमा समायोजन पदास्थपन भइ हाल छैठौं तहमा स्तरवृद्धि भएका राजेशप्रसाद यादवलाई विपक्षी बनाएर सर्वोच्चमा मुद्दा हालेका थिए। 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *